images
images

चेम्जोङगसहित चार पत्रकारलाई एक– एक लाख पुरस्कार


  • 850
    SHARES
  • २०७८ आषाढ १२ गते शनिबार

    चेम्जोङगसहित चार पत्रकारलाई एक– एक लाख पुरस्कार

    बिराटनगर । प्रदेश नं १ सरकारले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा बरिष्ठ पत्रकार कौशल चेम्जोङसहित चार पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको छ । सम्मानित हुनेमा बरिष्ठ पत्रकार कौशल चेम्जोङ(उदयपुर), गञ्जबहादुर दाहाल (झापा), गोविन्दचन्द्र क्षेत्री (झापा) र ललिता भट्टराई (मोरङ) रहेका छन् । चारै जनालाई एक लाख नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो   । विसं २०७७ मा कोरोना महामारीका कारण वितरण गर्न नसकिएको पुरस्कारसहित यस वर्ष चार जनालाई वितरण गरिएको हो । 
     प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दोसल्ला ओढाएर नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेका थिए । कार्यक्रममा पुरस्कृत पत्रकार गोविन्दचन्द्र क्षेत्री, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल, प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्मा र पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेले मन्तव्य राखेका थिए । 


    images
    images

    Logo