images
images

एकैपटक १५० डीएसपीको सरुवा, को कहाँ पुगे ? 


  • 377
    SHARES
  • २०७९ माघ २० गते शुक्रबार

    एकैपटक १५० डीएसपीको सरुवा, को कहाँ पुगे ? 

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १ सय ५० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।  १ सय ५० जना डीएसपीहरुको सरुवा गरिएको मानवश्रोत विकाश विभागले जनाएको हो ।  

    नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार माघदेखि नै खटाएको ठाउँबाट तलव भत्ता पाउनेगरी उनीहरूको सरुवा गरेको हो ।

    डीएसपी अनिल कुमार खड्का इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवनमा सरुवा गरेको छ । अनिल कुमार घिमिरेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पिलर ३ ठगी, सामाजिक अपराध वेश्वालयमामा सरुवा गरेको छ । 

    त्यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीमा सुरज कार्की, इलाका प्रहरी कार्यालय कोहलपुरमा सुन्दर तिवारी, जाजरकोटमा सन्तोष रोका, जिप्रका रोल्पामा श्याम सारुमगर र डोल्पामा शिव कुमार बुढाथोकीलाई सरुवा गरिएको छ । 

    प्रहरी वृत्त कीर्तिपुरमा राजु लामालाई पठाइएको छ । प्रहरी वृत्त ठिमीमा रविन श्रेष्ठ र जिप्रका म्याग्दीमा मदन कुँवरलाई सरुवा गरिएको छ ।




    images
    images

    Logo