images
images

पाँच हजार ८ सय गाँजाका बोट नष्ट


  • 1.2K
    SHARES
  • २०७८ आषाढ १२ गते शनिबार

    पाँच हजार ८ सय गाँजाका बोट नष्ट

    भक्तपुर । भक्तपुरमा ५ हजार ८ सय गाँजाका बोट नष्ट गरिएको छ । महानगरी प्रहरी बृत्त जगाती, सामुदायिक प्रहरी सेवा केन्द्र कटुन्जेले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्राकृतिक रुपमा उम्रिएका गाँजा फडानी गरिएको हो ।

    जुन २६ तारिकमा विश्वभर मनाइदै आएको लागु औषध दुरुपयोग तथा ओसार प्रसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर गाँजा फडानी गरिएको महानगरीय प्रहरी बृत्त जगातीले जनाएको छ ।

    फंडानी कार्यमा प्रहरी नायव उपरिक्षक राजेश थापाको नेतृत्वमा सामुदायिक प्रहरीका पदाधिकारी, जनप्रतिनिधि, प्रहरी अधिकृत तथा जवान गरी ५० जनाको सहभागिता रहेको थियो ।

    अभियानका क्रममा भक्तपुर नगरपालिका वार्ड नं. १ सृजनानगरस्थित ९९ रोपनीमा प्राकृतिक रुपमा उम्रिएका ५ हजार ८ सय गाँजाका बोट नष्ट गरिएको बृत्त जगातीले जनाएको छ । 


    images
    images

    Logo