images
images

१४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 331
    SHARES
  • २०७९ माघ २० गते शुक्रबार

    १४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ६ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  


    images
    images

    Logo