images
images

२ अर्ब २६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 235
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    २ अर्ब २६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको २ अर्ब २६ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बिहीवार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्ने भएको हो । 

    राष्ट्र बैंकले क वर्गाको वाणिज्य बैंकहरुमा १ अर्ब ८० करोड ८० लाख, ख वर्गाको राष्ट्रिय वर्गका विकास बैंकहरुमा ३३ करोड ९० लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ११ करोड ३० लाख रुपैयाँ लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई माघ २२ गते जानकारी गराउन  बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६७ दिनको हुनेछ ।


    images
    images

    Logo