images
images

निर्जीवन बीमा कम्पनीले पुसमहिनासम्ममा आर्जन गरे २० अर्ब रुपैयाँ 


  • 381
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    निर्जीवन बीमा कम्पनीले पुसमहिनासम्ममा आर्जन गरे २० अर्ब रुपैयाँ 

    काठमाडाैं । निर्जीवन बीमा कम्पनीहरुले पुस महिनासम्ममा २० अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीहरुले पुसमसान्तसम्ममा १३ लाख ९५ हजार बीमालेख जारी गरि सो शुल्क आर्जन गरेका छन् । सो अवधिमा  १८ निर्जीबन बीमा कम्पनीहरुले सो रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । 

    सो कम्पनीहरुले पुस महिनामा मात्रै ४ अर्ब १० करोड २० लाख रुपैयाँ शुल्क आर्जन गरेका छन् । सो समयमा कम्पनीहरुले २ लाख ४६ हजार ७ सय ६८ बीमालेख जारी गरेका छन् ।

    सवैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा शिखर इस्योरेन्स रहेको छ । यस कम्पनीले २ अर्ब ६५ करोड रुपैयाँ बराबरको शुल्क आर्जन गरेको छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेको इस्योरेन्स रहेको छ । सो कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँ बराबरको शुल्क आर्जन गर्ने सफल भएको छ । 

    हिमालयन एभरेष्ट इस्योरेन्सले १ अर्ब ५० करोड रुपैयाँ बराबरको शुल्क आर्जन गरेको छ भने सगरमाथा इस्योरेन्स कम्पनीले १ अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको छ । राष्ट्रिय वीमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ आजर्न गरेको छ । सिद्धार्थ इस्योरेन्स कम्पनीले सो अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ शुल्क आर्जन गरेको छ । एनएलजी इस्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ शुल्क आर्जन गरेको छ । 

    सवैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा नेशनल इस्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले ४९ करोड ४० लाख रुपैयाँ शुल्क आर्जन गरेको हो भने युनाइटेड इस्योरेन्स कम्पनीले ५९ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ ।

    insurance.JPG

      


    images
    images

    Logo