images
images

गृह मन्त्रालय रास्वपाले पाउने सहमति भएको छ : केपी ओली 


  • 302
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    गृह मन्त्रालय रास्वपाले पाउने सहमति भएको छ : केपी ओली 

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति रहेको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा संवाददातासँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति पहिले नै भएको र अहिले पनि त्यो कायम रहेको बताएका छन् । 

    आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि उनले बताए । रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मामा रहने उनको भनाइ छ । यस्तै, पूर्वसहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार सत्तापक्षको एमालेबाटै हुने बताएका छन् । 

    ओली नेपाल उद्योग परिसंघ प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न आज विराटनगर पुगेका हुन्। प्रधानमन्त्री प्रचण्डले ‘अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नू भएको छ नि’ भन्ने प्रश्नमा उनले यसमा पूर्णपाठ नचाहिने बताए । ‘पूर्णपाठ किन चाहियो ? यसका साथै ओलीले सत्ता गठबन्धनमा अहिले कुनै पनि खटपट नभएको दाबी गरेका छन्। 

     


    images
    images

    Logo