images
images

काठमाडौं उपत्यकामा ४२७ जना कोरोना संक्रमित, भक्तपुरमा  संक्रमितको संख्या घट्दै


  • 315
    SHARES
  • २०७८ आषाढ ११ गते शुक्रबार

    काठमाडौं उपत्यकामा ४२७ जना कोरोना संक्रमित, भक्तपुरमा  संक्रमितको संख्या घट्दै

    काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४२७ जना संक्रमित थपिएका छन् । 

    जसमा काठमाडौंमा ३०८, भक्तपुरमा ४३ र ललितपुरमा ७६ जना संक्रमित थपिएका हुन् । 

    योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ८ हजार ६१६ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

    यही अवधिमा थप ५ हजार ४ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    पछिल्लो २४ घण्टामा थप २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । 


    images
    images

    Logo