काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
वुधबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यस अघि उच्च मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कायम भएको छ ।