images
images

पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै, निको हुने बढ्दै 


  • 392
    SHARES
  • २०७८ आषाढ ११ गते शुक्रबार

    पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै, निको हुने बढ्दै 

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    यही अवधिमा थप ५ हजार ४ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    यसैगरि १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म ८९४५ जनाले ज्यान गुमाइसकेका छन् ।


    images
    images

    Logo