images
images

पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दज्र्यानी चिह्न प्रदान


  • 467
    SHARES
  • २०७८ आषाढ ११ गते शुक्रबार

    पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दज्र्यानी चिह्न प्रदान

    काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दज्र्यानी चिह्न प्रदान गरेका छन् । 

    मन्त्रिपरिषद्को यही असार ७ को निर्णयबाट उपरथीमा बढुवा भएका राणालाई प्रधानसेनापति थापाले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित विशेष कार्यक्रममा  पाइलट उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरे । 

    उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयका महानिर्देशकमा पदस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।


    images
    images

    Logo