काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ईपीजी प्रतिवेदनलाई स्वीकार वा अस्वीकार गर्न आग्रह गरेका छन् । परराष्ट्र मामिला अध्ययन केन्द्रको कार्यक्रममा परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी पाएका उनले यस्तो आग्रह गरेका हुन् ।
नेपाल र भारतबीच विगतमा भएका सन्धीहरु पुनरावलोकन गर्नेगरी गठित प्रवुद्ध व्यक्तित्व समूह (ईपीजी) ले तयार गरेको प्रतिवेदन मोदीले बुझ्न समय नदिइरहेको बेला ओलीले यस्तो आग्रह गरेका हुन् । सो समूहमा ४/४ जना प्रतिनिधि थियो ।
उनले भारतले सार्क शिखर सम्मेलन गर्न समेत नमानिरहेको भन्दै अन्त सम्मेलन हुँदैन भने नेपालले नै फेरि सार्क शिखर सम्मेलन आयोजना गर्न तयार रहेको बताए । उनले सार्कबारे समेत आफ्नो धारणा प्रष्ट पार्न आग्रह गरे ।