images
images

साउनदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य 


  • 451
    SHARES
  • २०७८ आषाढ ११ गते शुक्रबार

    साउनदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य 

    काठमाडौं । सरकारले साउनदेखि नयाँ दर्ता हुने र ब्लुबुक नवीकरण गर्ने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुनुपर्ने जनाएको छ । 

    विभागले २०७७ माघ महिनाबाट सवारीसाधनमा स्वेच्छिक रुपमा इम्बोस्ड प्लेटको जडान सुरु गरेको थियो । त्यसैगरि  विभागले सरकारी नम्बर प्लेटका सवारीसाधनलाई भने चैतसम्म इम्बोस्ड प्लेट जोडिसक्न समय दिएको थियो ।

    अहिलेसम्म बागमती, गण्डकी, लुम्बिनी, कर्णर्ली र सुदूरपश्चिम प्रदेशको नामाकरण भइसकेको छ भने प्रदेश १ र २ को नाम  आउन बाँकी छ ।

    इम्बोस्ड प्लेट जोड्न दुईपांग्रे सवारीसाधनलाई २५ सय रुपैयाँ शुल्क तोकेको छ । यसैगरि टेम्पोलगायत तीनपांग्रे साना सवारीमा दुई हजार ९ रुपैयाँ र कार, जिप, भ्यान र ट्रयाक्टरलगायत चारपांग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकेको छ ।  ठूला सवारीले इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । 

     


    images
    images

    Logo