images
images

पाँच मन्त्रीलाई बाँडियो २२ मन्त्रालय, कसले कुन कुन मन्त्रालय पाए ? 


  • 2.4K
    SHARES
  • २०७८ आषाढ १० गते बिहीबार

    पाँच मन्त्रीलाई बाँडियो २२ मन्त्रालय, कसले कुन कुन मन्त्रालय पाए ? 

    काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि ५ सदस्यीयमा खुम्चिएको मौजुदा मन्त्रिपरिषद्का सदस्यहरुलाई २२ वटा मन्त्रालयको बाँडफाँड गरिएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस बमोजिम राष्ट्रपति विद्याददेवी भण्डारीले २२ मन्त्रालय ५ जनाको जिम्मेवारी तोकेकी हुन् ।

    नयाँ जिम्मेवारी अनुुसार प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय लिएका छन् । त्यस्तै उपप्रधानमन्त्री समेत रहेका विष्णु पौडेललाई अर्थका साथै उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा जलस्रोत तथा सिंचाई र गृह मन्त्रालय हेर्ने जिम्मेवारी दिइएको छ । 

    त्यस्तै, शिक्षामन्त्री रहेका कृष्णगोपाल श्रेष्ठ  लाई वन तथा वातावरण,  युवा तथा खेलकुद, श्रम  रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय हेर्ने जिम्मेवारी दिइएको छ । 

    भौतिक पूर्वाधारमन्त्री रहेका वसन्त नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र  शहरी विकास को जिम्मेवारी थपिएको छ । 

    कानूनमन्त्री लीलानाथ श्रेष्ठको भागमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण,  महिला  बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य  प्रशासन मन्त्रालय हेर्ने जिम्मा दिइएको छ । 

    Capture.JPG


    images
    images

    Logo