काठमाडौं । काम चलाउन सरकारले आज फेरि मन्त्रीहरूको हेरफेर गरेको छ । आज गरिएको हेरफेरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई चार वटा मन्त्रालयको जिम्मा दिइएको हो ।
उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्माले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् ।



