images
images

नेप्से परिसूचकमा गिरावट, ७ अर्ब रूपैयाँ बराबरको कारोबार


  • 836
    SHARES
  • २०७८ आषाढ १० गते बिहीबार

    नेप्से परिसूचकमा गिरावट, ७ अर्ब रूपैयाँ बराबरको कारोबार

    काठमाडौं ।  बिहीबार सेयर बजारमा ओरालो लागेको छ । 

    आजको दिनमा नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३ विन्दुमा सीमित भएको छ ।  यो दिन १ करोड ३२ लाखको  कित्ता सेयर ७ अर्ब ३ करोड रुपैयाँमा कारोबार भएको छ ।

    यो दिनको कारोबारमा १६६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५ वटा कम्पनीको सेयर मूल्य स्थिर अवस्थामा रहेको छ ।

    यो दिन सब इन्डेक्सतर्फ होटल एण्ड टुरिजम, जलविद्युत् कम्पनीमा वृद्धि देखिएको छ भने अन्य उपसमूहमा गिरावट देखिएको छ ।

    यो दिन सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा माथिल्लो तामाकोसी ९.८८ प्रतिशत, समृद्धि फाइनान्स २.८६ प्रतिशत, रुरु जलविद्युत् परियोजना २.५६ प्रतिशत, कृषि विकास बैंक २.३४ प्रतिशत, नेपाल हाइड्रोपावर डेभलपमेन्ट डेभलपर्स कम्पनीको २.३३ प्रतिशतले बढेको छ ।

    साथै बढी गुमाउने कम्पनीहरुमा न्याग्दी ग्रुप पावर, वरुण हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंकलगायतका छन् ।


    images
    images

    Logo