काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार बुधबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य २/२ रुपैयाँले बढेको हो । त्यस्तै, अन्तराष्ट्रिय हवाई इन्धाको मूल्य प्रतिश किलोलिटर २० डलरले बढाइएको छ ।
निगमका अनुसार अब पेट्रोलको मूल्य १२७ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ र हवाई इन्धनको मूल्य ८२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ७ सय ३५ डलर कायम गरिएको छ ।
