काठमाडौं । नेपालमा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज संक्रमितमध्ये पीसीआर विधिमा १५११ र एन्टिजेनमा ९१० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जनाले कोरोना जितेका छन् भने कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ ।
यसैगरि काठमाडौंमा ३४६ जना, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरी कुल ४९७ जनामा संक्रमण पुष्टि भएको छ ।