काठमाडौं । बुधबार नेप्से परिसूचक ओरालो लागेको छ ।
आजको दिनमा नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२.१८ अंकमा सीमित भएको छ । यो दिन १ करोड ६१ लाखको कित्ता सेयर ६ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएको छ । बराबरको
त्यसैगरि आज १८५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २४ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन राधी जलविद्युत् कम्पनी, न्याग्दी ग्रुप पावर लिमिटेड, छ्याङदी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छन् ।
त्यसैगरी बढी गुमाउने कम्पनीमा कालिका पावर कम्पनी, नेपाल फाइनान्स, मञ्जुश्री फाइनान्स, नेपाल हाइड्रोपावर डेभलपर्स लिमिटेड र अरुण काबेली पावर कम्पनी छन् ।