images
images

कागेश्वरी मनोहरामा रु दुई अर्ब तीन करोड ७६ लाखको बजेट


  • 461
    SHARES
  • २०७८ आषाढ ९ गते बुधबार

    कागेश्वरी मनोहरामा रु दुई अर्ब तीन करोड ७६ लाखको बजेट

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा रु दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेश भएको छ । 

    आर्थिक वर्ष २०७८÷२०७९ का लागि नगरसभाको सोमबार शुरु बैठकमा चालुतर्फ रु ४७ करोड ५२ लाख ५९ हजार र पुँजीगत खर्चतर्फ रु एक अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ को बजेट विनियोजन गरिएको छ । 

    सभामा पेश गरिएको आगामी आर्थिक वर्षको अनुमानित बजेटमाथि छलफल गरी असार १० गते पारित गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए । 

    बजेटमा कोभिड–१९ बाट नगरवासीलाई बचाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । मूलपानीमा रहेको नगर अस्पताललाई अक्सिजन, आइसियुसहितको सुविधा सम्पन्न बनाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । 

    यसैगरी रोजगारी सृजना एवं पूर्वाधार विकासलाई पनि बजेटमा प्राथमिकता दिइएको छ । कृषि, शिक्षालगायत शीर्षकमा पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको जनाइएको छ ।


    images
    images

    Logo