images
images

संसद विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाई हुँदै


  • 355
    SHARES
  • २०७८ आषाढ ९ गते बुधबार

    संसद विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाई हुँदै

    काठमाडौं । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा रिटमा आजदेखि सुनुवाई सुरु हुने भएको छ । सर्वोच्च अदालतको कार्यतालिका अनुसार संवैधानिक इजलासमा आजदेखि निरन्तर रुपमा बहस हुनेछ । 

    प्रधान्यायाधीश चोलेन्द्रसम्शेर राणासहित सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सम्मिलित ५ सदस्यीय इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस बमोजिम राष्ट्रपतिले गरेको संसद विघटन तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिसम्बन्धी २८ वटा मुद्दामाथि निर्णय गर्नेछ । 

    आजदेखि सुरु हुने बहसमा प्रत्येक कानून व्यवसायीलाई बहसका लागि आधा घण्टाको समय तोकिएको छ । दुवै पक्षका वकिललाई १५/१५ घण्टा र एमिकस क्युरीका लागि २ घण्टाको बहस गर्ने समय छुट्याइएको छ । 


    images
    images

    Logo