काठमाडौं । नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणदर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ५ लाख ६४ हजार ८८२ जना निको भइसकेका छन् ।
यसैगरि पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ८१३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् ।