काठमाडौं । लगातार ओरालो लागेको नेप्से परिसूचक मंगलबार भने हरियाली छाएको छ । आजको दिन नेप्से परिसूचक ७९.४३ अंकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ ।
यो दिन १ करोड ९७ लाखको कित्ता सेयर १० अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज २०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यो दिनको कारोबारमा जानकी फाइनान्स, वरुण हाइड्रोपावर, एचआइडीसीएल, नगाडी ग्रुप पावर र पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।