images
images

नयाँ आवको लागि करको दर सार्वजनिक, कति कमाउनेले कति तिर्नुपर्छ कर ? 


  • 1.9K
    SHARES
  • २०७८ आषाढ ८ गते मंगलबार

    नयाँ  आवको लागि करको दर सार्वजनिक, कति कमाउनेले कति तिर्नुपर्छ कर ? 

    काठमाडौं । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७८/७९ का लागु हुने करको दर सार्वजनिक गरेको छ । विभागले आर्थिक अध्यादेशमा व्यवस्था भए बमोजिम करको दर सार्वजनिक गरेको हो । 

    यो वर्ष व्यक्तिगत आयमा लाग्ने करमा कुनै पनि परिवर्तन भएको छैन । जसमा ४ लाख रुपैयाँसम्म कमाई हुनेले १ प्रतिशतका दरले सामाजिक सुरक्षा कर तिर्नुपर्छ । यस्तो कर कोषमा कट्टि गरेर लिने व्यवस्था गरिएको छ । दम्पत्तिका हकमा भने यस्को सीमा ४ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ । 

    सोभन्दा माथि १  लाख रुपैयाँसम्मको लागि १० प्रतिशत कर लाग्नेछ । अर्थात् एकल व्यक्तिले ५ लाख रुपैयाँसम्म र दम्पत्तिले ५ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको अवस्थामा १ लाख रुपैयाँसम्मको १० प्रतिशत रकम कर तिर्नुपर्छ । 

    त्यसमभन्दा माथि २ लाख रुपैयाँसम्म कमाउनेको कर २० प्रतिशत निर्धारण गरिएको छ । अर्थात् विवाहित व्यक्तिले ७ लाख ५० हजार र अविवाहित व्यक्तिेले ७ लाख रुपैयाँसम्म कमाउँदा पछिल्लो २ लाख रुपैयाँको २० प्रतिशतको दरले कर तिर्नुपर्छ । 

    विवाहित तथा अविवाहित दुवैको हकमा २० लाखसम्मको आयका लागि ३० प्रतिशत कर निर्धारण गरिएको छ । यसको अर्थ अविवाहित व्यक्तिले वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्छ भने उसले १३ लाख रुपैयाँको र विवाहति व्यक्तिले आम्दानी गर्दा १२ लाख ५० हजार रुपैयाँ बरारको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्छ । 

    २० लाखभन्दा माथि जतिसुकै आम्दानीमा पनि ३६ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । कुुनै व्यक्तिले एकलौटी वा साझेदारी फर्म सञ्चालन गरी आम्दानी गरेको अवस्थामा पनि व्यक्तिगत रुपमा गरिएको कमाई सरह कर तिर्नुपर्छ । 

    उक्त करमा दुर्गम क्षेत्र भत्ता बापत दुर्गम क्षेत्रको वर्ग अनुसार १० देखि ५० हजार रुपैयाँ, वैदेशिक भत्ताको रकममा ७५ प्रतिशत, निवृत्तिभरको आयमा २५ प्रतिशत, बीमा प्रिमियममा २५ हजार नबढ्नेगरी वार्षिक प्रिमियम शुल्क, स्वास्थ्य बीमामा २० हजार नबढ्ने गरी वार्षिक प्रिमियम शुल्क, आफ्नो स्वामित्वमा रहेको घरको बीमामा ५ हजार रुपैयाँ नबढ्ने गरी वार्षिक प्रिमियम शुल्क तथा पारिश्रमिक आय मात्रै प्राप्त गर्ने महिलाले तिर्नुपर्ने करमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

    त्यस्तै, पूर्वानुमानित कर आय विवरण वा कारोबारमा लाग्ने आष् विवरण पेश गर्नेका लागि ३० लाख रुपैयाँसम्मको कारोबारमा महानगर र उपमहानगर क्षेत्रका वासिन्दालाई ७ हजार ५ सय रुपैयाँ, नगरपालिका क्षेत्रका लागि ४ हजार रुपैयाँ र गाउँपालिका क्षेत्रका वासिन्दालाई २ हजार ५ सय रुपैयाँ कर निर्धारण गरिएको छ । 

    ३० लाखभन्दा बढी कारोबार भएमा ०.२५ प्रतिशतदेखि २ प्रतिशत तथा ५० लाखभन्दा बढी कारोबार भएकालाई ०.३ प्रतिशतदेखि २ प्रतिशतसम्म कर निर्धारण गरिएको छ ।

     


    images
    images

    Logo