images
images

५५ दिनपछि सहज बन्दै उपत्यका, सरकारी कार्यालय र बैंक पूर्णरुपमा खुल्ने


  • 1.2K
    SHARES
  • २०७८ आषाढ ८ गते मंगलबार

    ५५ दिनपछि  सहज बन्दै उपत्यका, सरकारी कार्यालय र बैंक पूर्णरुपमा खुल्ने

    काठमाडौं । ५५ दिनपछि काठमाडौं उपत्यकाको जनजीवन आजदेखि सहज हुने भएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडाै‌ं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बैशाख १६ गतेदेखि जारी राखेको निषेधाज्ञाको स्वरुप बदलेर ‘स्मार्ट लकडाउन’ मोडलमा गएपछि उपत्यकामा सर्वसाधारणको जनजीवन सहज हुने भएको हो ।

    आजदेखि सार्वजनिक सवारीसाधन र भीडभाड हुने प्रकृतिका बाहेक अन्य सेवाहरु प्रशासनले दिएको आदेशअनुसार सञ्चालन गर्न पाइनेछ ।

    आजदेखि खाद्यान्न, दुध, फलफूल, तरकारी, माछामासु, पुुजा सामाग्री, खेलकुद, किराना सामान पाइने डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म यथावत रुपमा खोल्न पाइन्छ । 

    त्यसबाहेक किराना बाहेकका डिपार्टमेन्टल स्टोरहरु सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म खुुल्नेछ । यो सूचीमा शपिङ मल, खेलकुद सामाग्री पसल, कडिा, जुत्ता, फेन्सी, कस्मेटिक, गिफ्ट तथा टेलरिङ सेवाहरु खुला हुनेछन् । 

    सुन, भाँडा पसल, भान्साजज्य सामान, निर्माण सामाग्री, विद्युतीय सामान, अटोमोबाइल्स शोरुम र पार्टर्स र इलेक्ट्रोनिक पसलहरु आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म खोल्न पाइनेछ । 

    त्यस्तै, निर्माण सामाग्रीका पसल साँझ ६ बजेसम्म, अटो वर्कशपहरु साँझ ७ बजेसम्म, होम डेलिभरी सेवा साँझ ७ बजेसम्म खुला हुनेछ ।

    सरकारी कार्यालय र बैंक पनि खुल्ने 

    स्मार्ट लकडाउनको अवधारणासँगै यसअघि अत्यावश्यक बाहेकका सेवा बन्द गरेर बसेका सरकारी कार्यालयहरुले समेत सेवा सूचारु गर्न थालेका छन् । स्थानीय प्रशासनले यस्ता सेवाहरु न्यूनतम जनशक्तिबाट सञ्चालन गर्ने निर्णय गरेसँगै उपत्यकाका सबैजसो कार्यालयका सेवाहरु आजदेखि सञ्चालन हुने भएका हुन् । 

    त्यसबाहेक बैंक तथा वित्तीय संस्थाको सेवा र शाखाहरु पनि आजदेखि पूर्ण रुमा खुल्नेछ । यी सेवालाई पनि न्यूनतम जनशक्ति प्रयोग गरेर सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ । 

    निजी सवारी साधन सञ्चालनमा भने जोरबिजोर प्रणाली लागु हुनेछ । यसअनुुसार नम्बरप्लेटको पछिल्लो अंक जोर भएका सवारीसाधन जोर गते र बिजोर अंक भएका सवारीसाधनहरु बिजोर गरे सञ्चालन हुनेछन् । अत्यावश्यक सवारीसाधनको हकमा भने जोरबिजोर प्रणाली लागु हुँदैन । 


    images
    images

    Logo