images
images

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियण्ट, सबै उमेर समूहकालाई असर पार्ने


  • 681
    SHARES
  • २०७८ आषाढ ७ गते सोमबार

    नेपालमा भेटियो कोरोनाको नयाँ भेरियण्ट, सबै उमेर समूहकालाई असर पार्ने

    काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियण्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको अझै डरलाग्दो नयाँ भेरियण्ट भेटिएको जानकारी दिएको हो ।

    मन्त्रालयले वैशाख २० गतेदेखि जेठ २६ गतेसम्म गरेको ४८ वटा नमूना परीक्षण गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पठाएको नमूना परीक्षणका लागि दिल्ली पठाइएकोमा ४७ ओटामा डेल्टा भेरियण्ट र सोमध्येमा पनि ९ ओटामा थप उत्परिवर्तन भेरियण्ट भेटिएको मन्त्रालयले जानकारी दिएको छ । जसलाई एवाई–१ नाम दिइएको छ ।

    मन्त्रालयका अनुसार उक्त भाइरस नेपालसहित विश्वका १० ओटा देशमा भेटिएको छ । यी भेरियण्टले बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनले देखाएको छ ।

    उक्त सक्रमण रोक्न जिम्मेवार बनी जनस्वास्थ्य मापदण्डहरुको पालना गर्न गराउन समेत मन्त्रालयले आग्रह गरेको छ । मनत्रालयले आज प्रेस विज्ञप्ती जारी गरेर सो जानकारी गराएको हो । 

    corona_new_varient.jpg


    images
    images

    Logo