काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ६३.२८ अंकले घटेर २९०५.४६ अंकमा सीमित भएको छ ।
आजको दिन २ करोड ७३ लाखको कित्ता सेयर ११ अर्ब ८१ करोड रुपैयाँमा कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये २०० वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने १७ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यसैगरी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
गोर्खाज फाइनानस, नेशनल हाइड्रोपावर कम्पनी, रुरु जलविद्युत् कम्पनी, तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य बढेको छ ।
त्यसैगरि विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत् कम्पनीको सेयरमा गिरावट देखिएको छ ।
आजको कारोबारमा युनियन हाइड्रोपावर लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स, बरुण हाइड्रोपावर हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स र खानीखोला हाइड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएका छन् ।



