images
images

युरोकपमा आज हुने दुई खेल एउटै समयमा


  • 684
    SHARES
  • २०७८ आषाढ ६ गते आइतबार

    युरोकपमा आज  हुने दुई खेल एउटै समयमा

    काठमाडौं । युरोकप २०२० अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । 

    नेपाली समयअनुसार दुवै खेल एउटै समय अर्थात् राति ९:४५ बजे सुरु हुनेछ। आजदेखि समूह चरणका अन्तिम खेलहरु शुरु भएका छन् ।  

    इटलीले आज आफ्नै घरेलु मैदानमा वेल्ससँग खेल्नेछ भने टर्की र स्विट्जरल्याण्डबीचको खेल बाकु स्टेडियममा हुनेछ । 

    यसअघि इटलीले दुई खेल जितिसकेको छ भने वेल्सले पहिलो खेल बराबरी र दोस्रो खेलमा जित निकालन सफल भएको थियो ।

    इटलीले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । इटली ले वेल्सविरुद्ध जित वा बराबरी खेले समूह विजेता बन्नेछ । यदि वेल्सले इटलीलाई हराउन सफल भए वेल्स  समूह विजेता बन्नेछ ।

    यसअघि उनीहरु दुईबीच भएको ९ खेलमा इटलीले ७ खेल जितेको छ भने वेल्सले २ खेल जितेको छ ।

    त्यसैगरि स्विट्जरल्याण्ड र टर्कीबचिको खेल बाकु ओलम्पिक स्टेडियममा हुनेछ । स्विट्जरल्याण्डको २ खेलबाट जम्मा १ अंक छ भने टर्की अंकविहीन छ ।

    स्विट्जरल्याण्डले टर्कीलाई हराउन सके र वेल्स इटलीसँग पराजित भए स्विट्जरल्याण्ड समूह उपविजेता बन्नेछ । यदि स्विट्जरल्याण्डले खेल जितेमा अनि वेल्सले इटलीसंँग जित वा बराबरी खेलेमा स्विट्जरल्याण्डले तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट राउण्ड पुग्नेछ ।

    टर्कीले भने आज स्विट्जरल्याण्डलाई हराउनै पर्ने हुन्छ । जसले टर्कीको ३ अंक हुनेछ र अगाडिको यात्रा तेस्रो हुने टिमहरुको अंकको आधारमा छिनोफानो हुनेछ।



    images
    images

    Logo