images
images

विपतमा वरदान बन्दै तामाकोशी आयोजना, जस्तोसुकै बाढी आए पनि डेढ घण्टा छेक्ने


  • 923
    SHARES
  • २०७८ आषाढ ५ गते शनिबार

    विपतमा वरदान बन्दै तामाकोशी आयोजना, जस्तोसुकै बाढी आए पनि डेढ घण्टा छेक्ने

    काठमाडौं । सिन्धुपाल्चोकमा जस्तै दोलाखामा आउनसक्ने बाढीको जोखिम न्यूनीकरणका लागि अपर तामाकोशी जलविद्युत् आयोजनाको बाँध वरदान सावित हुने देखिएको छ ।

    पहिरोका कारण चीनमा नदी थुनिएपछि यतिबेला दोलखास्थित सो आयोजनाको बाँधबाट पानी खाली गरिएको छ । थुुनिएको नदी एकैपटक खोलिदाँ बाढी आउने भए पनि अपर तामाकोशीको बाँधका कारण सम्भावित क्षति न्यूनीकरण हुने देखिएको हो । 

    अर्ध जलाशयुक्त उत्त आयोजनाले बाढीलाई पनि करिब डेढ घण्टासम्म थेग्नसक्ने अनुमान गरिएको छ । जलाशयमा जम्मा भएको पानीलाई विस्तारै छोड्दा तल्लो तटीय क्षेत्रको बाढी र सम्भावित जनधनको क्षति न्यूनीकरण हुन सक्नेछ । 

    चीनमा नदी थुनिएको खबरसँगै यतिबेला प्रशासन र प्रहरी तामाकोशीको तटीय क्षेत्र खाली गराउन खटिएका छन् । यद्यपि यतिबेला तामाकोशीमा पानीको बहाब सामान्य अवस्थामा छ । 

    उता चीनमा पानी नरोकिएपछि सिन्धुपाल्चोकस्थित भोटेकोशीमा पानीको बहाव उच्च हुँदै गएको छ । 


    images
    images

    Logo