काठमाडौं । नेपालमा थप २ हजार ७ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१३ हजार ३७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ४४ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।