काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको दूरसञ्चार सेवा अवरुद्ध इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकका कारणले नभएको जनाएको छ ।
बिहीबार विज्ञप्ती जारी गर्दै प्राधिकरणले अहिलेसम्म देशका कुनै पनि स्थानमा दूरसञ्चारका टावरहरुको क्षति भएको जानकारी प्राप्त नभएको भन्दै विद्युत् आपूर्तिमा अवरोध भएका कारण यस्तो सेवामा समस्या आएको हुनसक्ने जनाएको हो ।
प्राधिकरणले सेवा प्रदायकहरुले सेवा सुचारु गर्नका लागि हरसम्भव प्रयास गरिरहेको भन्दै इन्ठरनेट सेवामा समइास देखिए प्राधिकरणलाई जानकारी गराउन समेत भनेको छ ।
अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरोपछि देशकका विभिन्न स्थानमा अहिले दूरसञ्चार सेवा अवरुद्ध छ । मोबाइल टेलिफोन र इन्टरनेट नचल्दा सूचना प्रवाह एवं राहत तथा उद्दारमा समेत समस्या हुँदै आएको छ ।



