काठमाडौं । नेपालमा थप २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।
यहि अवधिमा २ हजार १४१ जना कोरोना मुक्त भएका छन् भने
यस्तै हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएका छन् भने मृतकको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।