काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचकमा गिरावट देखिएको छ ।
आजको दिन नेप्से परिसूचक १.२९ अंकले घटेर २९६८.४३ अंकमा सिमित भएको छ ।
यसैगरि २ करोड ३ लाखको कित्ता सेयर १० अर्ब ९० करोडमा खरिद बिक्री भएको छ ।
यसैगरि उपसमूहतर्फ लघुवित्त समूहको सेयर सबैभन्दा बढी अंकले घटेको छ ।
कारोवार भएका मध्ये ९६ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ८१ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ ।