काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वोच्च अदालतले देउवालाई सीधै प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आदेश दिनसक्ने आशंका गर्दै अदालतले त्यसो गर्न नसक्ने बताएका छन् । संसद विगठनविरुद्ध १४६ जना सांसदले दायर गरेको मुद्दामाथि प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै ओलीले यस्तो दाबी गरेका हुन् ।
उनले धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न वा नगर्नसक्ने अधिकार राष्ट्रपति बाहेक अरु कसैलाई नरहेको भन्दै अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने उल्लेख गरेका हुन् ।
‘विपक्षी शेरवहादुर देउवाले मागदाबी पेश गर्दा आफूलाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गर्नुभएको रहेछ । अदालतले संविधान र कानूनको व्याख्या गर्ने हो, अदालत आफैँले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न सक्दैन ।’ ओलीले भनेका छन्, ‘यो नितान्त राजनैतिक र कार्यपालिकी प्रक्रिया हो । संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई दिएको छैन ।’
उनले अहिलेको संंविधानले निर्दलीय प्रणालीको परिकल्पना नगरेको भन्दै दलीय प्रणालीबाहिर रहेको भन्दै उनले दलीय अनुशासनभन्दा बाहिर कोही पनि जान नसक्ने बताएका छन् ।



