काठमाडौं । आइतबारदेखिको भारी वर्षका कारण देशभरका दुई दर्जन बढी आयोजना क्षतिग्रस्त बनेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार बाढीपहिरोबाट निर्माणाधीन १६ वटा र विद्युत् उत्पादन भइरहेका १० वटा आयोजनामा क्षति पुगेका छन् ।
बाढीपहिरोको कारण दोर्दी कोरिडोर, मर्स्याङ्दी कोरिडोर र मादी कोरिडोरमा निर्माणाधीन तथा निर्माण सकिएका धेरैजसो जलविद्युत् आयोजना प्रभावित भएका छन् । सबैभन्दा धेरै प्रभाव दाेर्दीखोलाका आयोजनामा परेको छ । प्रारम्भिक चरणमा सबा दुई अर्बभन्दा बढीको क्षति भएको अनुमान इप्पानले गरेको छ । बाढीपहिरोबाट निर्माणाधीन जलविद्युत् आयोजनाका निर्माण सामग्री, उपकरण, जलविद्युत् आयोजनाको ड्याम, सुरुङलगायतका संरचनामा क्षति पुगेको छ ।