images
images

सवारी साधनको नवीकरण महँगो बन्दै, इम्बोस्ड नम्बर लिएपछि मात्रै नवीकरण हुने, कति लाग्छ खर्च ?


  • 1.2K
    SHARES
  • २०७८ आषाढ ३ गते बिहीबार

    सवारी साधनको नवीकरण महँगो बन्दै, इम्बोस्ड नम्बर लिएपछि मात्रै नवीकरण हुने, कति लाग्छ खर्च ?

    आर्थिक वर्ष २०७८/७९ मा सवारीसाधन नवीकरण गर्दा इम्बोस्ड नम्बरप्लेट अनिवार्य रुपमा राख्नुपर्ने भएको छ । सरकारले साउन १ गतेदेखि दर्ता र नवीकरण हुने सबै प्रकारका सवारीसाधनमा यस्तो नम्बरप्लेट अनिवार्य गर्न लागेको हो । 

    यस्तो नम्बरप्लेट राख्नको लागि २ पाङ्ग्रे सवारीसाधनमा २ हजार ५ सय, ३ पाङ्ग्रे सवारीसाधनमा २ हजार ९ सय, ४ पाङ्ग्रे सवारीसाधनमा ३ हजार ३ सय र सोभन्दा ठूला सवारीसाधनमा ३ हजार ६ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

    सरकारले आगामी आर्थिक वर्षको बजेटमा देशभित्र दर्ता भएका सबै सवारी साधनमा रेडियो फ्रिक्वेन्सीसहितको इम्बोस्ड नम्बरप्लेट वितरण गर्ने उल्लेख गरेको थियो । सोही अनुसार यातायात व्यवस्था विभागले यस्तो जडानको तयारी थालेको हो । 

    अहिले देशभर ३७ लाख सवारीसाधन दर्ता भएकोमा ३२ लाख सवारीसाधन चालु अवस्थामा छन् । 


    images
    images

    Logo