images
images

नेपालमा थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि


  • 286
    SHARES
  • २०७८ आषाढ २ गते बुधबार

    नेपालमा थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    पछिल्लो २४ घण्टामा १३ हजार २२ जनामा गरिएको स्वास्थ्य परीक्षणमा २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

    त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ५२ जनाको मृत्यु भएको छ ।

     


    images
    images

    Logo