images
images

मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने


  • 377
    SHARES
  • २०७९ मंसिर २२ गते बिहीबार

    मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने

    काठमाडौं । मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका छन् ।

    एक सय सात सिट रहेको मधेस प्रदेशसभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा (एमाले) समानुपातिकमा ८ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ । प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी ९ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ । २०७४ सालको निर्वाचनमा मधेसमा पहिलो दल बनेको जसपा यसपालि प्रदेशसभामा तेस्रो दल बनेको छ । जसपाले प्रत्यक्षमा नौ र समानुपातिकमा ७ सहित १६ सिट ल्याएको छ ।

    प्रत्यक्षमा छ सिट जितेको जनमत पार्टी समानुपातिकमा सात सिट हासिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा दुई सिट पाएर पाँचौँ दल भएको छ । मधेसमा नेकपा (माओवादी केन्द्र) ले प्रत्यक्ष र समानुपातिकमा ४/४ गरी ८ सिट जितेको छ ।  नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सिट पाएको छ ।

    प्रत्यक्षमा छ सदस्य स्वतन्त्र उम्मेदवारीबाट आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ १/१ सिट जितेका छन् ।

     


    images
    images

    Logo