images
images

एआईआईबीको २५ करोड डलर बङ्गलादेशलाई


  • 347
    SHARES
  • २०७९ मंसिर २२ गते बिहीबार

    एआईआईबीको २५ करोड डलर बङ्गलादेशलाई

    एजेन्सी । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।

    सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका रुपमा ऋण उपलब्ध गराउने सम्झौतामा बुधबार बङ्गलादेश र एआइआइबीबीच हस्ताक्षर भएको छ । 

    बङ्गलादेशको आर्थिक सम्बन्ध डिभिजन ९ईआरडी० का सचिव शरीफा खान र एआईआईबीको लगानी परिचालन विभागका उपाध्यक्ष उर्जित आर पटेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

    सम्झौताअनुसार तीन वर्षको सहुलियत अवधिसहित साढे छब्बीस वर्षमा बङ्गलादेशले ऋण चुक्ता गरिसक्नुपर्नेछ ।  बङ्गलादेशले यसअघि पनि अघिल्ला तीन आर्थिक वर्षमा कोभिड–१९ महामारीविरुद्ध लड्न, कोभिडपछिको अर्थतन्त्रलाई सुदृढ  बनाउन बजेटरी सहयोगका रूपमा ८० करोड अमेरिकी डलर प्राप्त गरेको थियो ।


    images
    images

    Logo