काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वुधबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कायम भएको छ ।