काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनी रिता केसीको नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र कम्पनीको प्रधान कार्यालय काठमाडौं टंगालमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।