images
images

सेयर बजार लगातार ओरालो लाग्ने क्रंममा


  • 281
    SHARES
  • २०७८ आषाढ २ गते बुधबार

    सेयर बजार लगातार ओरालो लाग्ने क्रंममा

    काठमााडौं ।  बुधबार सेयर बजारको कारोबारमा भारी गिरावट देखिएको छ ।

    आजको दिन नेप्से परिसूचक ५२.३९ अंकले घटेर २९६९.७२ अंकमा सीमित भएको छ । बुधबार २ करोड ८२ लाखको कित्ता सेयर १५ अर्ब ४८ करोड  रुपैयाँमा कारोबार भएको छ । 

    यो दिन १५३ वटा कम्पनीको सेयर मूल्य घट्दा ६० वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

    सब इन्डेक्सतर्फ माइक्रोफाइनान्स सब इन्स २.६३ प्रतिशतले बढेको छ भने अन्य सब इन्डेक्समा गिरावट देखिएको छ । 

    होटल तथा पर्यटन ५.१४ प्रतिशत विकास बैंक ४.०४ प्रतिशत, जलविद्युत् ४.७५ प्रतिशत, फाइनान्स ६.८ प्रतिशत, निर्जीवन बीमा कम्पनी, २.६ प्रतिशत, म्यानुफ्याक्चुिरङ एन्ड प्रोसेसिङ ३.१७ प्रतिशतले गिरावट देखिएको छ ।

    त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा जोशी हाइड्रोपावर, गोर्खाज फाइनान्स, नेपाल हाइड्रोपावर कम्पनी, छ्याङदी हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, बेस्ट फाइनान्स कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावरलगायतका कम्पनी छन् भने सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा सीएचडीसी, एफएमडीबीएल, युनियन हाइड्रोपावर, आरएसडीसी र सामूदायिक लघुवित्त कम्पनी छन् ।


    images
    images

    Logo