images
images

अन्तर विद्यालय चित्रकला प्रतियोगितामा मदरल्याण्डकी प्रजापति प्रथम


  • 457
    SHARES
  • २०७९ मंसिर २१ गते बुधबार

    अन्तर विद्यालय चित्रकला प्रतियोगितामा मदरल्याण्डकी प्रजापति प्रथम

    भक्तपुर । इप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत आज सूर्योदय सेकेण्डरी स्कुलको आयोजनामा भएको अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

    सो चित्रकला प्रतियोगीतामा सबै प्रतियोगीहरूलाई पछि पार्दै मदरल्याण्ड स्कुलकी एज्जश्वी प्रजापति प्रथम भएकी छिन् । त्यस्तै दोस्रो स्थानमा सूर्योदय सेकेण्डरी स्कुलको यूनिक कर्माचार्य, तेस्रो स्थानमा सेन्ट जोन स्कुलको निश्चल तामागंलेहात पार्न सफल भएका छन् । साथै सान्त्वना पुरस्कार भने ग्लोबल एकेडेमीको आशिस् त्वाँतीले जितेका छन् । 

    उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई शिल्ड तथा मेडल पनि आजै प्रदान गरिएको छ । 

    उक्त कार्यक्रममा बोल्दै इप्सन भक्तपुरका सचिव विजय कर्माचार्यले विद्यालयहरु बीच आधारभूत तहका विद्यार्थीहरुलाई आज भक्तपुर दरवार क्षेत्र परिसरमा बसेर प्रत्यक्ष देखिएका दृश्यलाई चित्रमा उतार्न लगाइएको बताए ।
     
    उक्त समापन कार्यक्रममा ईप्सन भक्तपुरका अध्यक्ष जिबि खड्काले विद्यार्थीहरुको क्षमता तथा प्रतिभा उजागर गर्ने हेतु यस्ता प्रतियोगिता आयोजना गरेको बताउँदै, जुन सदस्य स्कुलले जिते पनि हामी सबै स्कुलको जित हुने बताउँदै अन्य सहभागी प्रतियोगिहरुलाई पनि हौसला प्रदान गरे ।

    कार्यक्रममा शिक्षाप्रेमी तथा नेपाल स्काउटका राष्ट्रिय व्यक्तित्व रामगोपाल कर्माचार्य र प्राचार्य राम हाडाले पनि विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । 


    images
    images

    Logo