images
images

२६ ओटा सवारी चालक अनुमती पत्र निलम्बनमा, कस्तो अवस्थामा हुन्छ निलम्बन ?


  • 659
    SHARES
  • २०७९ मंसिर २१ गते बुधबार

    २६ ओटा सवारी चालक अनुमती पत्र निलम्बनमा, कस्तो अवस्थामा हुन्छ निलम्बन ?

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ ओटा सवारी चालक अनुमति पत्रहरू निलम्बनका लागि यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ । प्रहरीले आज बुधबार मात्रै सो संख्यामा अनुमती पत्र निलम्बनका लागि विभागमा पठाएको हो ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको हो । 

    निलम्बनका लागि पठाईएका  मध्ये एक जना चालकले ३८ पटक सम्म सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाईएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह(प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले बताएका छन् ।


    images
    images

    Logo