काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ अन्तिम मतपरिणामअनुसार सिट बाँडफाँड गरेको छ। आयोगले बुधबार प्रतिनिधिसभा र सातवटै प्रदेशसभामा दलहरुले प्राप्त गरेको मतअनुसार सिट बाँडफाँट गरेको हो ।
बाँडफाँट अनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० सीटमध्ये एमालेले ३४, काँग्रेसले ३२, माओवादी केन्द्रले १४, रास्वपाले १४, राप्रपाले ७, जसपा र जनमत पार्टीले ५÷५ सिट प्राप्त गरेका छन् ।
त्यस्तै, ७ वटा प्रदेशसभाका २२० सिटमध्ये एमालेले १७०, काँग्रेसले ६४, माओवादीले २९ राप्रपाले १७, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको ९/९ सीट, नागरिक उन्मुक्ति पार्टीको ५ सीट, लोसपाको ३ सीट, नेकपाको २ सीट, नेपाल संघीय समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले १/१ सिट जितेका छन् ।
प्रतिनिधिसभामा थ्रेसहोल्ड नपुगेर राष्ट्रिय पार्टी बन्न असफल भएका ७ वटा पार्टीमध्ये सबैले प्रदेशमा उपस्थिति जनाएका छन् । एकीकृत समाजवादीले ७ मध्ये ६ प्रदेशमा समानुपातिक सीट पाएको छ ।



