images
images

विद्यालय पुनर्निर्माणमा खटिएका ३२० इन्जिनीयर काम रोकी सङ्घर्षमा


  • 587
    SHARES
  • २०७८ आषाढ २ गते बुधबार

    विद्यालय पुनर्निर्माणमा खटिएका ३२० इन्जिनीयर काम रोकी सङ्घर्षमा

    काठमाडौं । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनीयर र सब इन्जिनीयरले काम रोकी विरोध शुरु गरेका छन् ।

    शिक्षा मन्त्रालयमा विसं २०३६ देखि कार्यरत ३२० इन्जिनीयरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो । 

    असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनीयर र सब इन्जिनीयर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष भैरव धितालले  जानकारी दिए ।

    सङ्घर्ष समितिले सबैलाई पुरानै दरबन्दीमा राख्नुपर्ने माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विनाविभागीय मन्त्री मोहन बानियाँलाई ज्ञापनपत्र बुझाएको छ । 

    सबै कर्मचारीलाई पुनस्र्थापनाको माग गर्दै प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई पनि जानकारी गराएर असार १ गतेदेखि काम ठप्प गरिएको समितिले जनाएको छ ।

    सबै जिल्लाका शिक्षा समन्वय एकाइमा कामबाट हटाइएका इन्जिनीयर र सब इन्जिनीयरलाई दरबन्दीमा राख्नुपर्ने समितिको माग छ । 

    जेठ २८ गते मन्त्री, आयोजना प्रमुख, जिल्ला आयोजना प्रमुखलगायतलाई जानकारी गराए पनि समस्या समाधानमा पहल नगरेकाले असार १ गतेदेखि एक साताका लागि सबै काम ठप्प पारिएको समितिका सचिव इन्द्रबहादुर रोकायाले जानकारी दिए । 

    केही दिनमा थप सङ्घर्षका कार्यक्रम घोषणा गरिने उनले बताए ।


    images
    images

    Logo