images
images

लगातार तेस्रो दिन घट्यो नेप्से, १ अर्ब ६५ करोडको कारोबार


  • 322
    SHARES
  • २०७९ मंसिर २१ गते बुधबार

    लगातार तेस्रो दिन घट्यो नेप्से, १ अर्ब ६५ करोडको कारोबार

    काठमाडौं । शेयर बजार आज पनि घटेको छ । सोमबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो।  हिजो पनि सामान्य अंकले घटेको बजार आज १६ दशमलव ६१ अंकले घटेर १ हजार ९ सय १७ दशमलव २८ को विन्दुमा झरेको छ । 

    बुधबार दिन २ सय ४६ स्क्रिपको १ अर्ब ६५ करोड रुपैयाँ बराबरको ८० लाख ९२ हजार कित्ता शेयर किनबेच भएको छ। आज ३७ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ५९ कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । 

    १३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।आज सबैभन्दा धेरै सानिमा बैंकको संस्थापक शेयर कारोबार भएको छ । बैंकको ६७ करोड २ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

    त्यस्तै,  शिवम् सिमेन्टको १३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


    images
    images

    Logo