काठमाडौं । नेपाल बार एशोसियनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्चको छिर्न नदिन सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका छन् ।
संसद सचिवालयका सचिव भरतराज गाैतमले संसदमा रहेकाे महाअभियाेग प्रस्ताव निस्क्रिय भएकाे चिठी राणालाइ दिए लगत्तै उनी सर्वाेच्च जान लागेका हुन् । जबरामाथि गत फागुन १ गते महाभियोग दर्ता भएको थियो ।
आज संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निस्क्रिय भएको पत्र दिएसँगै उनको निलम्बन हटेको हो । साथै सो पत्र पाएपछि उनी आजै सर्वोच्च फर्किने तयारीमा रहेका छन् ।