images
images

निस्क्रिय भयो चोलेन्द्रको महाअभियोग प्रस्ताव, आजै सर्वोच्च जाने


  • 340
    SHARES
  • २०७९ मंसिर २१ गते बुधबार

    निस्क्रिय भयो चोलेन्द्रको महाअभियोग प्रस्ताव, आजै सर्वोच्च जाने

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई लगाईएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । महाअभियोग प्रस्ताव निश्क्रिय भएसँगै उनी आजै सर्वोच्च जाने तयारीमा छन् । 

    संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएसँगै उनको निलम्बन हटेको छ । साथै सो पत्र पाएपछि उनी आजै सर्वोच्च फर्किने भएका छन् । 

    गत फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएको थियो । काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सहितले ९८ संसदले प्रभानन्यायाधीशले न्यायापालिकाको मर्यादामा आँच पुर्याएको र आफ्नो व्यक्तिगत स्वार्थका लागि काम गरेको आरोपमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । 


    images
    images

    Logo