images
images

महानगरभित्र रहेका कार्यालयको फोहोर आफैँ व्यवस्था नगरे कारवाही गर्ने महानगरको चतावनी 


  • 291
    SHARES
  • २०७९ मंसिर २१ गते बुधबार

    महानगरभित्र रहेका कार्यालयको फोहोर आफैँ व्यवस्था नगरे कारवाही गर्ने महानगरको चतावनी 

    काठमाडौं । काठमाडौं महानगरपालिलकाले सरकारी तथा सार्वजनिक कार्यालयलाई आ–आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला आफैं व्यवस्थापन गर्न आग्रह गरेको छ । महानगरकोे वातावरण तथा कृषि विभाग टेकुले एक सुचना जारी गर्दै ३५ दिनभित्रै दिन भित्र कार्यालयभित्रका सवै फोहोर व्यवस्थापन गर्न आग्रह गरेको हो । 

    महानगरका अनुसार कुनैपनि कार्यलयले फोहोर व्यवस्थापन नगरेमा दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत असुल्ने चेतावनी समेत दिएको छ । महानगरपालिकाले सबै प्रकारका सरकारी तथा निज कार्यालयहरुले आफ्नो परिसरको फोहोर मैला आफैं व्यवस्थापन गरी सहरलाई सफासुघ्घर राख्न सहयोग गरिदिन आग्रह गरेको छ ।

    ‘अन्यथा प्रचलित कानुन बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने व्यहोरासमेत यसै सूचनामार्फत् सूचित गरिन्छ,’ सूचनामा भनिएको छ । 

    Kathmandu-Mahanagar-Notice.jpg


    images
    images

    Logo